काठमाडौं । नेपाली काँग्रेसका नेता उदय शमशेर राणाले पार्टी फुटेको नभई नेतृत्व मात्र परिवर्तन हुन लागेको बताएका छन् ।
बुधवार विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेता राणाले यस्तो बताएका हुन् ।
नेतृत्वका विषयमा महाधिवेशन प्रतिनिधिहरुले लचकता देखाएपनि संस्थापन पक्षले खारेज गरिदिएको उनको दाबि छ ।
राणाले नीति र नेतृत्व परिवर्तन गर्ने उद्देश्यले विशेष महाधिवेशन भएपनि संस्थापन पक्षले लचकता नदेखाएपछि नेतृत्व परिवर्तन भएको बताए ।










