विघटित केन्द्रिय कार्यसमितिले महामन्त्रीहरूमाथि गरेको कारबाही वैध छैनः पुष्पा भुसाल



काठमाडौ । नेपाली काँग्रेसकी नेतृ पुष्पा भुसालले विघठित केन्द्रिय कार्यसमितिले महामन्त्रीहरूमाथि गरेको कारबाहीको कुनै कानुनी वैधता नरहेको बताएकी छन् ।

भुसालले विशेष महाधिवेशनको पहिलो दिनकै बन्दसत्रले केन्द्रिय कार्यसमिति विघटन गरिसकेको अवस्थामा पुरानो संस्थापनले महामन्त्रीहरूमाथि गरेको कारबाहीको कुनै कानुनी वैधता नरहेको बताएकी हुन् ।

बुधवार विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै भुसालले बन्दसत्रबाट केन्द्रिय कार्यसमिति विघटन गर्ने निर्णय सर्वसम्मत रूपमा पारित भइसकेकाले त्यसपछि केन्द्रीय कार्यसमितिले गरेका निर्णय औचित्यहीन भएको स्पष्ट पारिन् ।

केन्द्रिय कार्यसमिति विघटन भइसकेको कारण कुनैपनि पदाधिकारीलाई स्पष्टिकरण सोध्ने वा कारबाही गर्ने अधिकार नै नरहने भएकाले महामन्त्रीहरूमाथि गरिएको कारबाहीको कुनै औचित्य नरहेको उनले दाबि गरिन् ।

प्रकाशित मिति : पुस ३०, २०८२ बुधबार  ८ : ५७ बजे