रविको मुद्दा फिर्ताबारे ओली : जनताको हिनामिना भएको पैसा कसले तिर्छ ? महान्यायाधिवक्ताको कार्यालयले तिर्छ ?



काठमाडौं । नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिएर महान्यायाधिवक्ता कार्यालय इतिहासम्मका लागि कलंकित बनेको दाबि गरेका छन् ।

काठमाडौंमा बिहीवार आयोजित ४२ औँ पिस्कर शहीद स्मृति दिवसको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो दाबि गरेका हुन् ।

लामिछानेको संगठित अपराध र सम्पति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिन महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयमा आपत्ति जनाउँदै उनले भने, “अहिले महान्यायाधिवक्ताको कार्यालय इतिहासकै लागि लज्जाको विषय बनेको छ । जनताको हिनामिना भएको पैसा कसले तिर्छ रु महान्यायाधिवक्ताको कार्यालयले तिर्छ रु’’

उनले अहिले विश्वभर जस्तै शासन नेपालमा पनि चलिरहेको भन्दै थिति र विधिको शासन देशमा नभएको बताए ।अध्यक्ष ओलीले यस्ता गतिविधिविरुद्ध सचेत रहँदै राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्न सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याए ।

उनले भने, ‘नेपालीको सरकार हुनुपर्छ भन्नेहरुको घरहरुमा छानीछानी आगो लगाइयो । त्यस्तो भन्ने राजनीतिक पार्टीहरु जलाइएका छन् । नेपालीकै सरकार भएको हुनाले नेपालीको सरकार हुनुपर्छ भन्नेको मनोबल टुटाउन व्यवस्थापिका भवन आगो लगाउने, कार्यपालिका भवन आगो लगाउने, न्याय पालिका भवन आगो लगाउने, नेपालको राष्ट्रिय अर्थतन्त्र, नेपाली अर्थतन्त्र हुनुपर्छ भन्ने अरुका उद्योगहरु जलाउने काम भए ।’

प्रकाशित मिति : माघ १, २०८२ बिहीबार  ६ : २३ बजे