काठमाडौँ । नेपाली काङ्ग्रेसभित्र चुलिएको आन्तरिक विवाद अब निर्वाचन आयोगमा पुगेको छ।
शुक्रबार बिहानै देउवा पक्षका नेताहरू कान्तिपथस्थित आयोगको कार्यालय पुगेका हुन् ।
आयोग गएका देउवा पक्षका नेताहरूमा पूर्णबहादुर खड्का, शेखर कोइराला, रमेश लेखक, विमलेन्द्र निधि, रमेश रिजाल, श्याम घिमिरे, कल्याण गुरूङ, धनराज गुरूङ, मीनेन्द्र रिजाल, महालक्ष्मी उपाध्याय ुडिनाु, सुजाता कोइराला, एनपी साउद, नैनसिंह महर, जीतजंग बस्नेत लगायत छन्।
यसैबीच, देउवा पक्षीय भ्रातृ संगठन नेपाल तरुण दलले निर्वाचन आयोगमा दबाब दिने रणनीति बनाएको छ।
तरुण दलले आफ्नो नेतृत्वलाई नै आधिकारिकता दिनुपर्ने माग गर्दै आजै आयोगको कार्यालय घेराउ गर्ने तयारी गरेको छ।









