काठमाडौँ महानगरका प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा



काठमाडौं । काठमाडौं महानगरपालिका प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् ।

पाण्डेले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् ।

उनले आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट रास्वपाको तर्फबाट उम्मेदवारी दिने चर्चा छ ।

प्रकाशित मिति : माघ २, २०८२ शुक्रबार  १ : ५७ बजे