काठमाडौं ।नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले आज माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्।
निर्वाचन आयोगले गगन पक्षलाई वैधानिकता दिएपछि देउवा पक्षका कार्यकर्ताहरुले प्रदर्शन गरेका हून् ।
आज माइतीघर मण्डलामा देउवा पक्षका कार्यकर्ताहरुले संविधानको मर्म मार्न पाइँदैन, विधिको शासन कायम गर, अवैधानिक निर्णय फिर्ता गर, कानूनी राज्यको सम्मान गर भन्ने जस्ता नारासहित आन्दोलन गरेका छन् ।
साथै, लोकतन्त्र मास्न पाइँदैन, आयोगको पाराले दुख पायो साराले भन्ने खालका नाराहरु पनि आन्दोलनमा गुन्जिएको थियो ।


















