काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोईराला पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन आफ्ना पक्षका नेताहरुलाई निर्देशन दिएका छन् । आईतवार काठमाडौंमा आफूपक्षिय नेताहरुको भेलामा बोल्दै उनले पार्टीको विवादबारे सर्वोच्चमा मुद्दा गएको भएपनि निर्वाचनमा होमिन निर्देशन दिएका हुन् ।
भेलामा सहभागी एक नेताले अदालतले जे आदेश दिएपनि मान्ने गरी अहिले आफ्नो जिल्ला क्षेत्रमा जान नेता कोईरालले निर्देशन दिएको बताए। भेलामा नेता कोईरालाले अहिले निर्वाचन आयोगको निर्णय कार्यन्वयनमा गैसकेको हुँदा पार्टीले गर्ने उम्मेदवार चयनको प्रक्रिया र निर्वाचनमा पार्टीलाई जिताउने कार्यमा लाग्न सबैलाई अनुरोध गरेको पनि उनले जानकारी दिए ।
कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टीलाई अतिवादले गाँजेको भन्दै आफू कुनैपनि अतिवादको घेरामा नपरी मध्यममार्गी बाटोबाट बिचलित नहुने बताए ।
उनले भने, ‘मध्यमार्ग र सत्यको बाटो गारो र अप्ठ्यारो हुन्छ तर जीत उसैको हुन्छ । म सत्यको बाटो हिडिरहेको छु । यसबाट विचलित हुन्न ।’पार्टीको कठिन अवस्थामा डा।कोइरालाले मध्यमार्गी भूमिका निर्वाह गरि पार्टीलाई संकटबाट जोगाउनुपर्नेमा जोड दिए ।
कोइरालाले देश र लोकतन्त्र संकटमा रहेकाले निर्वाचनमा जानुको बिकल्प नरहेको जानकारी दिए । उनले नेता कार्यकर्तालाई सहभागी हुन आह्वान गरे ।
नेता तथा कार्यकर्तालाइ निर्वाचनसँगै १५औं महाधिवेशनको तयारी गर्न र तयारीमा लाग्न निर्देशन समेत दिएका थिए ।









