दुर्गा प्रसाईं पोखराबाट पक्राउ



पोखरा । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् ।

उनी पोखरामा कार्यक्रममा सहभागी भएकै अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि आधिकारिकताको विवाद चलिरहेका बेला प्रसाईंले निर्वाचन आयोगले करोडौं रुपैयाँ लिएर गगन थापा पक्षलाई आधिकारिकता दिएको आरोप लगाएका थिए।

पक्राउ परेका प्रसाईंलाई काठमाडौँ पठाउने तयारी भइरहेको छ ।

प्रकाशित मिति : माघ ५, २०८२ सोमबार  ५ : ०१ बजे