सभापति थापाको प्रतिबद्धता : बदल्यौँ कांग्रेस, बदल्छौँ देश



काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफूहरुको एकमात्र ध्येय देशको समुन्नति रहेको बताएका छन् ।

विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि पदबहाली गर्न पार्टी कार्यालय सानेपा पुगेका थापाले पहिलो हस्ताक्षर प्रतिबद्धतामा गरेका हुन् ।

बदल्यौं कांग्रेस, बदल्छौं देश । यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौं हामी । हाम्रो केवल एक ध्येय छ– देशको समुन्नति,’– उनले भने माइन्यूटमा लेखेका छन् ।

केन्द्रीय कार्यसमितिको बैठक पहिलो पटक पार्टी कार्यालयमा बसिरहेको छ ।  शुक्रबारको जारी बैठकले सभापति थापालाई भावी प्रधानमन्त्री घोषणा गर्ने बताइएको छ ।

प्रकाशित मिति : माघ ९, २०८२ शुक्रबार  ४ : १८ बजे