ओलीको गुनासोः झापाबाट फर्किदा विमानस्थलमा सरकारले दुःख दियो, अपमान गर्‍यो



काठमाडौं । नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई दुःख दिने काम गरिरहेको बताएका छन् ।

गृहजिल्ला झापाबाट शुक्रवार ९हिजो० काठमाडौं फर्कने क्रममा सरकारले विमानस्थलमा आफूलाई सुन तस्करलाई जस्तो अपमानित व्यवहार गर्ने काम गरेको अध्यक्ष ओलीले आरोप लगाए।

एमाले मुख्यालय च्यासलमा शनिवार आयोजित एक कार्यक्रममा बोल्दै उनले माथिबाट आदेश आएको छ भनेर विमानस्थलमा आफूमाथि अपमानित व्यवहार भएको गुनासो गरे ।

प्रकाशित मिति : माघ १०, २०८२ शनिबार  ६ : ५४ बजे