काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार कमल थापाले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना नभइकन राप्रपा सत्तामा नजाने बताएका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अब सत्ता केन्द्रित राजनीति राप्रपाले नगर्ने पनि स्पष्ट पारे ।
उनले राजा मतदाता भएको निर्वाचन क्षेत्रबाट विजयी हुनुले देश तथा विदेशमा पनि महत्वपूर्ण सन्देश जाने जिकिर गरे ।














