काठमाडौं । मधेस प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ को अन्तिम नतिजा सार्वजनिक गरिएको छ ।नतिजा अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्।
एमालेबाट रेखा झा, कांग्रेसबाट रञ्जित कर्ण र धर्मेन्द्र पासवान विजयी भए।
जसपाका महन्थ ठाकुर पनि राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन्।
निर्वाचन कार्यालयका अनुसार राष्ट्रियसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत मधेस प्रदेशमा कूल १०० प्रदेशसभा सदस्यमध्ये ९९ जना तथा २६४ पालिका प्रतिनिधि प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षमध्ये २४२ जनाले मतदान गरेका थिए ।














