काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज आफ्नो निर्वाचन क्षेत्र जाने भएका छन् ।
सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार बनेका थापा आज मतदातालाई सम्बोधन गर्न जान लागेका हुन् ।
उनी अहिले बिहान १०:३० बजेको उडानबाट सिमारा हुँदै सर्लाही जान लागेका सभापति थापाको सचिवालयले जनाएको छ ।









