काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशको कथाहरू काठमाडौँ लिएर सुनाउन चाहेको बताएका छन्।
आज काठमाडौँबाट मधेश जाँदै गर्दा भिडियो सन्देश जारी गर्दै उनले काठमाडौँको कुरा मधेशलाई र मधेशको कथाहरू काठमाडौँलाई सुनाउन चाहेको बताएका हुन्।
उनले भनेका छन्, ‘म मधेश जाँदैछु। किनकी म देश जोड्न चाहन्छु। म काठमाडौँको कथाहरू मधेश लगेर सुनाउन चाहन्छु। मधेशका कथाहरू, मधेशका पीडाहरू काठमाडौँ ल्याएर सुनाउन चाहन्छु’।
यसपटक सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बनेका उनले आफू एक क्षेत्रको मात्रै नभएर सिंगो नेपालको हुन्छ भन्ने विश्वास रहेको उनले बताए ।
‘म सिङ्गो नेपालको हुन्छु भन्ने मलाई विश्वास छ भने सर्लाही क्षेत्र नम्बर ४ को प्रतिनिधित्व गर्ने अवसर मैले प्राप्त गर्दैगर्दा काठमाडौं ४ लाई पनि म मन मुटुमा लिएर हिँड्न सक्छु । सर्लाहीबाट पनि म नयाँ अनुभव लिएर आउने छु,’– उनले भनेका छन् ।









