अनशनरत डाक्टर केसीलाई लिन गएको हेलिकप्टर रित्तै फर्कियो,सुबिधा सम्पन्न अस्पताल जान केसिले गरे अस्विकार



धनगढी –

डडेल्धुरा पुगेर अनशनरत डाक्टर गोविन्द केसीलाई लिन पुगेको नेपाली सेनाको हेलिकप्टर यत्तिकै फिर्ता गएको छ ।

८ दिनदेखि अनशनरत डाक्टर केसीले काठमाडौं जान अस्वीकार गरेपछि हेलिकप्टर फिर्ता भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डीएसपी दधिराम न्यौपानेले जानकारी दिए ।डडेल्धुरा सदरमुकाममा सोमबारदेखि १७औं चरणको अनशन सुरु गरेका चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डा . केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गए पनि उनले सुबिधा सम्पन्न अस्पतालामा जान अस्विकार गरिरहेका छन ।

अनशनरत डाक्टर केसीलाई हेलिकप्टर मार्फत काठ्माण्डौ लाने तयारी सगै केसिलाई उपचारका लागी सुबिधा सम्पन्न स्थानमा स्थानानान्तरण गर्नका लागी जिल्ला प्रशासन कार्यालय सर्वपक्षीय बैठक बोलाएर छलफल गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयले सर्वपक्षीय सहमतिबाट डा केसी लाई उपचारकालागी अन्यत्र लान चाहेको भए पनि सर्वपक्षीय बैठकले डा . केसीको इच्छाविपरीत लान नमिल्ने निष्कर्ष निकालेको छ । सर्वपक्षीय बैठकले उनको माग सम्बोधनका लागि सबैले पहल गर्नुपर्ने निष्कर्ष निकालेको समेत स्थानिय सञ्चारकर्मिहरुले जनाएका छन ।

आज डाक्टर केसीलाई सम्झाएर काठमाडौं ल्याउने प्रयास भएको थियो तर उनी नमानेपछि हेलिकप्टर यत्तिकै फिर्ता भएको हो ।

विगत ८ दिनदेखि डडेल्धुरामा आमरण अनशनरत डा . गोविन्द केसिलाई उपचारका लागी सुबिधा सम्पन्न स्थानआमाअ स्थानानान्तरण गर्नका लागी जिल्ला प्रशासन कार्यालय सर्वपक्षीय बैठक बोलाएर छलफल गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले सर्वपक्षीय सहमतिबाट डा केसी लाई उपचारकालागी अन्यत्र लान चाहेको भए पनि सर्वपक्षीय बैठकले डा । केसीको इच्छाविपरीत लान नमिल्ने निष्कर्ष निकालेको छ । सर्वपक्षीय बैठकले उनको माग सम्बोधनका लागि सबैले पहल गर्नुपर्ने निष्कर्ष निकालेको समेत स्थानिय सञ्चारकर्मिहरुले जनाएका छन ।

डडेल्धुरा सदरमुकाममा सोमबारदेखि १७औं चरणको अनशन सुरु गरेका अभियन्ता प्राध्यापक डा . केसीको स्वास्थ्य अवस्था लागातार कमजोर बन्दै गइरहेको छ।उनको स्वास्थ्य अवस्था कमजोर बने पछी उनलाई सुबिधा सम्पन्न ठाउमा लान खोजिए पनि डा . केसी ले त्यसलाई अस्विकार गरिरहेका छन ।

केसीको स्वास्थ्य अवस्थावारे सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जानकारी लिएका छन् । सोमवार विहान स्वास्थ्य अवस्था वारे जानकारी लिएका मुख्यमन्त्री भट्टले डा । केसीसँगै टेलिफोनमा कुराकानी गर्दै अनसन तोड्न आग्रह गरेका थिए ।

२०७५ साउनमा भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने, सबै मेडिकल कलेजले अवैधानिक रूपमा संकलन गरेको रकम फिर्ता गर्नुपर्नेदेखि संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा राजनीतिक नियुक्ति हुन नहुनेसम्मका माग उनले अघि सारेका छन् ।

सम्बन्धित समाचार –

डा . केसीको अनशन प्रती सुदुरपश्चिममा समर्थन बढ्दो,केसीको स्वास्थ्य अवस्था भने नाजुक बन्दै

डा . केसीको स्वास्थ्य कमजोर बन्दै :केसीको समर्थनमा नागरिक समाजलगायतले आन्दोलन थाल्ने

अभियन्ता डा. गोविन्द केसीले डडेल्धुराबाट सुरू गरे १७ औं सत्याग्रह

प्रकाशित मिति : कार्तिक २५, २०७६ सोमबार  १२ : ४३ बजे