निर्वाचन व्यवस्थित बनाउन कम्तीमा १२ समिति बनाउन कांग्रेसको निर्देशन



काठमाडौँ । फागुन २१ गतेको निर्वाचनलाई व्यवस्थित बनाउन कम्तीमा १२ समिति बनाउन मातहतका पार्टी निकायलाई नेपाली कांग्रेसले निर्देशन दिएको छ ।

निर्वाचन परिचालन समितिका संयोजक एवं उपसभापति विश्वप्रकाश शर्माले आज परिपत्र जारी गर्दै प्रदेश, जिल्ला र प्रतिनिधिसभा क्षेत्र कार्यसमितिलाई यस्तो निर्देशन दिएका हुन् ।

शर्माले ‘विजय अभियान व्यवस्थित बनाउन निम्नानुसारका समिति र संरचना सबै तहमा अविलम्ब गठन गर्नुरगराउनु हुन,’ शीर्षकमा जारी गरेको परिपत्रमा आमनिर्वाचनमा पार्टी पंक्तिलाई व्यवस्थित रूपले परिचालित गर्न ती समिति गठन गर्न निर्देशन दिएका हुन् ।

परिपत्रमा निर्वाचन व्यवस्थापन सचिवालय, निर्वाचन परिचालन मूल समिति, प्रचार प्रसार समिति, विभिन्न समन्वय समिति तथा अनुगमन समिति गठन गर्नुपर्ने उल्लेख छ।

प्रकाशित मिति : माघ १४, २०८२ बुधबार  १ : ५० बजे