रेशम चौधरीको रिटको सुनुवाइ न्यायाधीश मल्ल र मुसलमानको इजलासमा



काठमाडौं। नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीको रिटमाथि आज सुनुवाई हुने भएको छ ।

आज वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा चौधरीको रिटमाथि सुनुवाई हुने भएको हो ।

प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ मा चौधरीले दिएको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय बदर गर्न माग गर्दै चौधरीले माघ ९ गते सर्वोच्चमा रिट दर्ता गराएका थिए।

प्रकाशित मिति : माघ १८, २०८२ आईतबार  १ : ०३ बजे