प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच करिब २ घण्टा भेटवार्ता भएको छ ।

पूर्वप्रधानमन्त्री ओली बिहीबार बिहान ९ बजे प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटवार्तामा समसामयिक राजनीति र आगामी निर्वाचनबारे छलफल भएको जनाइएको छ ।

प्रकाशित मिति : माघ २२, २०८२ बिहीबार  ३ : ४८ बजे