सुदूरपश्चिम सरकारले बैतडी बस दुर्घटनाका मृतक परिवारलाई जनही एक लाख राहत दिने



काठमाडौं । बैतडीमा बिहीबार भएको बस दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले एक/एक लाख रुपैयाँ राहत दिने भएको छ ।

शुक्रबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।

बैतडीमा बिहीबार बेलुका साढे ७ बजेतिर पुर्चौडी नगरपालिका–७ भौनीबाट बेहुली लिएर घर तर्फ फर्किने क्रममा सु. प्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको हो।

दुर्घटनामा १३ जनाको मृत्यु भएको हो।

प्रकाशित मिति : माघ २३, २०८२ शुक्रबार  ४ : २१ बजे