काठमाडौं । आजदेखि भारत र श्रीलंकामा संयुक्त रूपमा आईसीसी टी-२० विश्वकपको १०औं संस्करण सुरु हुँदैछ । पहिलो दिन भारत र श्रीलंकामा गरेर ३ खेल हुनेछन् ।
समूह ‘ए’ अन्तर्गत पहिलो खेलमा पाकिस्तान र नेदरल्यान्ड्स खेल्दै छन्। खेल कोलम्बोमा विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ ।
यस्तै दोस्रो खेलमा समूह ‘सी’ मा रहेका स्कटल्यान्ड र वेस्ट इन्डिज खेल्नेछन् । खेल सवा ३ बजेदेखि कोलकातामा सुरु हुनेछ ।
यस्तै आजको तेस्रो खेलमा भने समूह ‘ए’ का आयोजक भारत र अमेरिकाबीचको खेल साँझ सवा ७ बजेदेखि मुम्बईको वाङ्खडे स्टेडियममा सुरु हुनेछ ।
नेपालले आफ्नो विश्वकप यात्राको सुरुवात फेब्रुअरी ८ ‘माघ २५’ मा इंग्ल्यान्डविरुद्धको खेलबाट गर्नेछ भने समूह चरणको अन्तिम खेल फेब्रुअरी १७ ९फागुन ५० मा स्कटल्यान्डसँग खेल्नेछ।
नेपालका सबै चार खेलहरू मुम्बईमै हुने तय भएको छ, जहाँबाट शीर्ष दुईमा पर्दै सुपर-८ मा पुग्ने नेपालको लक्ष्य रहेको छ।
रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, सोमपाल कामी र गुल्शन झा लगायतका १५ सदस्यीय खेलाडीहरू मैदानमा उत्रिने तयारीमा छन्।














