बालेनको डेरामा चोरी गर्ने तीनजना पक्राउ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को डेरामा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं बाँसवारीका ४२ वर्षीय मनीष राजवहाक, सिन्धुपाल्चोकका खिमबहादुर खड्का र धादिङका सञ्जय श्रेष्ठ छन् ।

उनीहरूलाई शुक्रबार र शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : माघ २५, २०८२ आईतबार  ४ : १५ बजे