टि–२० विश्वकप : इंग्ल्याण्डले नेपाललाई दियो १८५ रनको विशाल लक्ष्य



काठमाडौं । आईसीसी टी-२० विश्वकपको समूह ‘सी’ अन्तर्गत जारी खेलमा इंग्ल्यान्डले नेपाललाई १८५ रनकाे लक्ष्य दिएकाे छ।

आइतबार भारतको मुम्बईमा रहेको वानखडे क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाएको हो।

इंग्ल्यान्डका लागि जेकोब बेथलले अर्धशतक पारि खेले उनी ५५ रन बनाएर आउट भए।

त्यस्तै, कप्तान ह्यरी ब्रूकले पनि नेपालविरुद्ध अर्धशतक बनाए। उनले ३२ बलमा ५३ रन बनाउँदै आउट भए।

नेपालका लागि दीपेन्द्र सिंह ऐरि र नन्दन यादवले समान २ विकेट लिँदा शेर मल्ल, सन्दिप लामिछाने र करन केसीले १/१ विकेट लिए।

प्रकाशित मिति : माघ २५, २०८२ आईतबार  ५ : ०४ बजे