तोलामा ४१ सय रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य तोलामा ४१ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार सुन प्रतितोला तीन लाख चार हजार ६०० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, चाँदी तोलामा २४० रुपैयाँले बढेर प्रतितोला पाँच हजार २५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : माघ २६, २०८२ सोमबार  ११ : १० बजे