सामाजिक सञ्जालको ‘स्टन्ट’ र लोकप्रियतावाद लोकतन्त्रका लागि खतरा छ : प्रचण्ड



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले विचार र सिद्धान्तविहीन ‘लोकप्रियतावाद’ले लोकतन्त्र र समाजवादमाथि प्रहार गरिरहेको बताएका छन् ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले २६ दलको एकता र नयाँ निर्वाचन चिह्न ‘तारा’ सहित आफ्नो पार्टी राष्ट्रिय सङ्कट सामना गर्न तयार रहेको उद्घोष गरेका हून् ।

उनले भने, ‘विचार, राजनीति, सिद्धान्त, इतिहास, विरासत भएपनि नभए पनि सोसल मिडियामा स्टन्ट गरेकै भरमा पपुलिजम एउटा लोकप्रियतावाद जसरी विश्वभरि नै साम्राज्यवादले विभिन्न देशमा लोकप्रियतावादलाई पपुलिजमलाई प्रस्तुत गर्ने र अनि लोकतन्त्रका विरुद्ध समाजवादका विरुद्ध प्रहार गर्ने गरेको छ । नेपालमा पनि त्यही अन्तर्राष्ट्रिय फेनोमेना इन्टरनेसनल जे फेनोमेना हो त्यसैलाई रिपिट गर्ने र यहाँ लोकतन्त्रमाथि प्रहार गर्ने अहिलेको भूराजनीतिक चलखेल जस्तो छ त्यसबाट यहाँ हस्तक्षेप गर्ने कोसिस भएको छ।’

दाहालले सामाजिक सञ्जालमा गरिने ‘स्टन्ट’ र लोकप्रियतावादको आलोचना गरे। उनले विचार, राजनीति र इतिहास नभए पनि सामाजिक सञ्जालमा फण्डा गरेकै भरमा लोकतन्त्र र समाजवादमाथि प्रहार गर्ने कोशिस भइरहेको बताए ।

प्रकाशित मिति : माघ २६, २०८२ सोमबार  १२ : २६ बजे