नेपाल इटालीसँग १० विकेटले पराजित



काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको छ ।

नेपालले दिएको १२४ रनको लक्ष्य इटालीले १२ ओभर ४ बलमा एक विकेट पनि नगुमाई भेटायो ।

इटालीका एन्थोनी मोस्काले ६२, जस्टिन मोस्काले ६० रन बनाए । यसअघि भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा टस हारेर ब्याटिङ गरेको नेपालले १९ ओभर ३ बलमा सबै विकेट गुमाएर १२३ रन बनायो ।

नेपालका आरिफ शेखले २७, कप्तान रोहित पौडेलले २३, आसिफ शेखले २०, करण केसीले नटआउट १८ रन बनाए । इटालीका क्रिशन कालुगामेजले ३ विकेट लिए ।

आजको खेलमा नेपालका ललित राजवंशीले टी–२० विश्वकपमा डेब्यु गरेका छन् । उनी शेर मल्लको ठाउँमा टोलीमा परेका हुन् । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा नेपाल इङ्ग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो ।

यस्तै पहिलो पटक विश्वकप खेलेको इटालीको यो पहिलो जीत हो । इटाली पहिलो खेलमा इटाली स्कटल्यान्डसँग ७३ रनले पराजित भएको थियो ।

प्रकाशित मिति : माघ २९, २०८२ बिहीबार  ६ : ४१ बजे