काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब आलोपालो प्रधानमन्त्री बन्ने प्रथा अन्त्य गर्न प्रस्ताब गरेका छन् । बुटवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले आलोपालो प्रधानमन्त्री बन्ने र बनाउने प्रथ अन्त्य गर्न जोड दिएका हुन् ।
आगामी सरकारको नेतृत्वका लागि सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको रूपमा अगाडि सारिएको बताए ।
मुलुकको विकास र राजनीतिक स्थायित्वका लागि काँग्रेसले यस्तो निर्णय लिएको उनको भनाइ छ । सम्बोधनका क्रममा शर्माले अबको निर्वाचन पछि आलोपालो प्रधानमन्त्री बन्ने विकृत प्रथाको अन्त्य हुनुपर्नेमा जोड दिए ।
शर्माले राजनीतिक स्थिरताका लागि ‘विनर्स टेक अल’ ९विजेताले सबै पाउने० को नयाँ सिद्धान्त प्रस्ताव गरे । उनका अनुसार, चुनावमा सबैभन्दा ठूलो दल हुने पार्टीले नै पूर्ण पाँच वर्ष सरकार चलाउन पाउनुपर्छ ।
यदि संसदमा १३८ को बहुमत नपुगे समानुपातिक हिस्साबाट आवश्यक सिट संख्या थप गरेर भए पनि ठूलो दललाई नै बहुमत पुर्याइदिने कानुनी र संवैधानिक व्यवस्था गर्नुपर्ने उनको तर्क छ ।














