काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधिसभा सदस्यमा रुपन्देही क्षेत्र नं ३ का उम्मेदवार बनेका श्रीनिवास यादव एमाले प्रवेश गरेका छन्।
जसपा नेपालका केन्द्रीय सदस्य समेत रहेका यादवले भैरहवामा पत्रकार सम्मेलन गर्दै जसपा परित्याग गरी एमाले प्रवेश गरेको जानकारी दिएका हुन् ।
यादवले पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै राजीनामा दिएका छन् ।
उनले अहिलेको अवस्थामा मुलुकको राजनीतिक स्थायित्व र निकासका लागि एमाले नै प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका छन् ।














