पार्टी विरुद्ध सञ्चार माध्यमले गलत सूचना सम्प्रेषण गरेकोमा नेकपाको आपत्ति



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले केही सञ्चार माध्यमहरुले आफ्नो पार्टीको उम्मेदवारविरुद्ध भ्रामक र गलत सूचना फैल्याएर अवमूल्यन गर्ने काम गरिरहेको जनाएको छ ।

मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो पार्टीका नेता अग्निप्र्रसाद सापकोटा सो प्रतिक्रिया दिएका हून् ।

‘निर्वाचन आचारसंहिता उल्लङ्घन हुने विभिन्न प्रकारका गतिविधिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। केही सीमित सञ्चारमाध्यमहरू पत्रकारिताको न्यूनतम मान्यता र निर्वाचन आचारसंहिता विपरीत भ्रामक र गलत सूचना फैलाएर हाम्रो पार्टीलाई अवमूल्यन गर्ने प्रयासमा निरन्तर लागिरहेका छन्। यस प्रकारका गतिविधिप्रति हाम्रो पार्टी कडा आपत्ति जनाउँछ’,नेकपाले पत्रकार सम्मेलनमा भनेको छ ।

उनले पत्रकारिताको न्युनतम मूल्य,मान्यता र निर्वाचन आचारसंहिता विपरितका भ्रामक र गलत समाचार सम्प्रेषण गरेको भन्दै कडा आपत्ति जनाए ।

निहत्था नागरिक र सुरक्षाकर्मीमाथि हुने हिंसात्मक गतिविधिको पार्टीले कडा विरोध जनाएको छ ।निर्वाचन आचारसंहिता उल्लङ्घनका गतिविधिप्रति ध्यानाकर्षण गराउँदै पार्टीले केही सञ्चारमाध्यमले भ्रामक सूचना फैलाएको आरोप लगाएको छ ।

पत्रकारिताको मूल्य–मान्यता र निर्वाचन आचारसंहिता पालना गर्न सञ्चारमाध्यमलाई आग्रह गर्दै नेपाल प्रेस काउन्सिललाई समेत निष्पक्ष अनुगमन गर्न अपिल गरिएको छ । त्यसैगरी, निर्वाचन आयोगलाई निष्पक्ष, स्वतन्त्र र भयमुक्त निर्वाचन सुनिश्चित गर्न प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीले आग्रह गरेको छ । आयोगमाथि उठेका प्रश्नप्रति गम्भीर हुँदै आचारसंहिता कार्यान्वयनमा कडाइ गर्न र जनविश्वास कायम राख्न आवश्यक कदम चाल्नुपर्ने धारणा व्यक्त गरिएको छ ।

पार्टीले आफ्ना प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गरिसकेको उल्लेख गर्दै मतदातालाई सबै दलको विचार, भूमिका र एजेन्डाको गहिरो मूल्याङ्कन गरी विवेकपूर्ण निर्णय गर्न आग्रह गरेको छ । साथै, सरकार, सुरक्षा निकाय र सम्बन्धित सबै पक्षलाई उच्चतम जिम्मेवारीका साथ स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गर्न आह्वान गरिएको छ ।

पत्रकार सम्मेलनमा निर्वाचन प्रचार समितिका संयोजक अग्नि प्रसाद सापकोटाले वर्तमान संकटबाट देशलाई निकास दिन राष्ट्रिय एकता, स्वाधीनता र लोकतान्त्रिक मूल्यको रक्षा आवश्यक रहेको बताएका छन् ।

प्रकाशित मिति : फाल्गुन ५, २०८२ मंगलबार  ३ : ३५ बजे