प्रधानमन्त्रीका आकांक्षीहरुलाई सभापति गगन थापासँग सार्वजनिक बहस गर्न काँग्रेसको चुनौती



काठमाडौ. । नेपाली काँग्रेसका मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले प्रधानमन्त्रीका आकांक्षीहरुलाई पार्टी सभापति तथा प्रधानमन्त्रीका उम्मेदवार गगनकुमार थापासँग खुला संवाद गर्न चुनौती दिएका छन् ।

मंगलवार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो चुनौती दिएका हुन् ।

नेपाली काँग्रेस जस्तोसुकै राजनीतिक चुनौतीको सामना गर्न तयार रहेको उनको भनाइ छ ।

उनले सबै दलका प्रधानमन्त्रीका उम्मेदवारहरुलाई सार्वजनिम बहस र संवादका लागि तयार हुन आग्रह पनि गरे ।

प्रकाशित मिति : फाल्गुन ५, २०८२ मंगलबार  ८ : ०१ बजे