रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले तोक्यो चैत १५ गतेको तारिख



काठमाडौं, ५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले आउँदो चैत १५ गतेको तारिख तोकेको छ ।

रास्वपाका सभापति रवि लामिछाने चुनावी अभियान छोडेर काठमाडौं आएर काठमाडौं जिल्ला अदालतमा तारिख बुझेका न् । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी बचत अपचलनको विचाराधीन आफूविरुद्धको मुद्दामा पहिलो तारिखका लागि आज काठमाडौं जिल्ला अदालत पुगेका हुन् ।

उक्त मुद्दामा उनलाई काठमाडौं जिल्ला अदालतले यसअघि ६० लाख धरौटीमा मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो ।स्वर्णलक्ष्मीको मुद्दामा लामिछाने ६० लाख धरौटीमा रिहा भएका थिए ।

यसअघि उनी आज चितवन–१ र चितवन–३ को चुनावी अभियानमा सक्रिय थिए ।

प्रकाशित मिति : फाल्गुन ५, २०८२ मंगलबार  ८ : ०८ बजे