५ फागुन, काठमाडौं । नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला काठमाडौंबाट पक्राउ परेका छन् । निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा बास्तोला पक्राउ परेका हुन् ।
बास्तोलालाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिए ।
निर्वाचनविरोधी अवाञ्छित गतिविधि बढाएको आरोपमा उनीमाथि अनुसन्धान सुरु गरिएको भट्टराईले जानकारी दिए ।
यसअघि निर्वाचनविरोधी गतिविधि सञ्चालन गरेको आरोपमा प्रहरीले सोमबार ९फागुन ४० मा दुर्गा प्रसाईंलाई पनि पक्राउ गरी हिरासतमा लिएको थियो ।
प्रसाईंलाई कम्तीमा चार दिन हिरासतमा राख्न प्रहरीले मंगलबार आजै अनुमति पाएको छ।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले निर्वाचनका बेला अफवाह फैलाएर शान्ति सुरक्षाविरुद्धको कसुर गरेको भन्दै अनुसन्धानका लागि प्रसाईलाई हिरासतमा राख्न अनुमति दिएको हो।














