रास्वपा परित्याग गरेकी मधेस प्रदेश संस्थापक सभापति ममता शर्मा नेपाली काँग्रेस प्रवेश



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की मधेस प्रदेश संस्थापक सभापति ममता शर्मा नेपाली काँग्रेसमा प्रवेश गरेकि छन् ।

बुधवार पार्टीले धनुषामा आयोजित प्रतिज्ञा सभामार्फत उनि काँग्रेसमा प्रवेश गरेकि हुन् ।

शर्मालाई पार्टी सभापति गगनकुमार थापाले खादा लगाएर पार्टीमा स्वागत गरे।

प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले रास्वपा पुरानो काँग्रेस भइसकेको टिप्पणी गरिन्।

उनले विशेष महाधिवेशनबाट आएको नेतृत्व र नीतिको आधारमा काँग्रेस नयाँ र थप सुदृढ भएर आएको पनि जिकिर गरिन् ।

प्रकाशित मिति : फाल्गुन ६, २०८२ बुधबार  ७ : ०५ बजे