काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले नेपालको आन्तरिक राजनीतिमा वैदेशिक हस्तक्षेप बढेको बताएका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन् ।
उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट पारित भएपछि अमेरिकी टोलीले नेपालको उत्तरी क्षेत्रका उम्मेदवारहरूसँग काठमाडौंको होटल म्यारियटमा भेटघाट गरेको उल्लेख गर्दै यो घटना रहस्यमय रहेको दाबि गरे ।














