निर्वाचनको वातावरण बिथोलिने अवस्था बन्दैनः आयुक्त भण्डारी



काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै समयमा निर्वाचन हुने भएकोले ढुक्क भएर तयारीमा लाग्न आग्रह गरेका छन् ।

गोरखापत्र संस्थानले आईतवार आयोजना गरेको कार्यक्रममा उनले केही तत्वहरुले निर्वाचन बिथोल्ने प्रयास गरेपनि त्यो प्रयास सफल नहुने बताएका हून् । ।

उनले तोकिएकै मिति र समयमा निर्वाचन सम्पन्न हुने उल्लेख गरे।

उनले भने, ‘केही कुण्ठित व्यक्तिहरुले निश्चित उद्देश्य पूरा गर्ने प्रायोजनका लागी नचाहिने हल्लाहरु गर्न सक्छन्, उनीहरुको निश्चित उद्देश्य पूरा गर्ने प्रायोजनका लागि अब नेपाली जनता साक्षी बस्न सक्दैनन् । अब निर्वाचनको वातावरण विथोलिने वातारण बन्दैन । जसरी पनि निर्वाचन सम्पन्न हुन्छ । कि निर्वाचनको विकल्प देखाएर नेपालमा सुशासनको प्रवाह यसरी हुन्छ, भनेर वैकल्पिक मार्ग देखाउनुस् । अनि त्यो बेलामा हामी के रहेछ भनेर सोच्न सकुँला तर निर्वाचन चाहीँ विथोल्न सक्दैनौ । तोकिएको मितिमा तोकिएको समयमा फागुन २१ गते विहान ७ बजेबाट बेलुका ५ बजेसम्म मतदान प्रक्रियाको समय छ, त्यो सम्पन्न हुन्छ । निर्वाचन हुन्छ, निर्वाचनको विकल्प निर्वाचन नै हो । निर्वाचनलाई विथोल्ने प्रयास कहीबाट पनि नगरियोस् । यो मैले भनिरहँदा निर्वाचन आयोगको कमजोरी पनि नसोचियोस् । निर्वाचन आयोजले निर्वाचन गर्छ ।’

अझै पनि केही उम्मेद्वारहरुले आफूलाई निर्वाचनको वारेमा संशय राखेर फोन गर्ने गरेको उल्लेख गर्नुहुँदै भ्रममा नपरि निर्वाचनको प्रचारप्रसारमा लाग्न सुझाव दिए । उनले केही कुण्ठित व्यक्तिहरूले निश्चित उद्देश्य पूरा गर्न अनावश्यक हल्ला फैलाउने प्रयास गर्नसक्ने उल्लेख गरे ।

प्रकाशित मिति : फाल्गुन १०, २०८२ आईतबार  १ : ५७ बजे