रिहा भए दुर्गा प्रसाईं



काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं रिहा भएका छन् ।

बुधबार सर्वोच्च अदालतको आदेश अनुसार उनी रिहा भएका हुन् ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंको हकमा बन्दीप्रत्यक्षीकरणको आदेश गरेको थियो ।

उनलाई मंगलबार नै छोड्न आदेश जारी भए पनि कार्यालय समयमा आवश्यक प्रक्रिया पूरा हुन नसकेपछि आजमात्रै हिरासत मुक्त भएका हुन् ।

निर्वाचन भाँड्ने गतिविधिमा संलग्न रहेको आरोपसहित प्रसाईंलाई कारबाही गर्न निर्वाचन आयोगले प्रहरीलाई पत्राचार गरेको थियो । सोहीआधारमा प्रहरीले प्रसाईंलाई फागुन ४ गते काठमाडौंबाटै पक्राउ गरेको थियो ।

प्रकाशित मिति : फाल्गुन १३, २०८२ बुधबार  ३ : ३१ बजे