काठमाडौं । नेपाली कांग्रेसले आज (बिहीबार) सुर्खेत र बाँकेमा चुनावी सभा गर्दैछ ।
आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर कांग्रेसले सुर्खेत र बाँकेमा चुनावी सभा गर्न लागेको हो ।
सभाहरुमा सम्बन्धित प्रदेश भित्रका प्रतिनिधि सभा निर्वाचन क्षेत्रका उम्मेदवार तथा स्थानीय नेताहरू सहभागी हुने छन्।
फागुन १७ गते काठमाण्डौंमा चुनावी सभा गर्ने कांग्रेसको तयारी रहेको छ।














