काठमाडौं । आसन्न निर्वाचनलाई लक्षित गर्दै सरकारले चुनाव अवधिभर मादक पदार्थको बिक्री, वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले मतदान मितिभन्दा सात दिनअघि देखि अन्तिम मतपरिणाम सार्वजनिक नहुँदासम्म मदिराजन्य पदार्थमा रोक लगाउने व्यवस्था गरेको हो।
आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ, विश्वसनीय तथा भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा समितिले गरेको सो निर्णय कार्यान्वयनमा आएको आयोगले जनाएको छ।
यस्तै, निर्वाचन सुरक्षा समितिको निर्णय अनुसार यही फागुन १८ गते राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार पनि निषेध गरिएको छ। यस अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नरगराउन गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिइसकेको छ।














