सामाजिक सञ्जालमा भिड्ने काम नगरौँ, समाजमा घृणा फैलियो : गगन थापा



काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता, कार्यकर्तालाई सामाजिक सञ्जालमा भिडेर बस्ने काम नगर्न निर्देशन दिएका छन् ।

शुक्रवार पोखरामा आयोजित चुनावी सभामा बोल्दै उनले सामाजिक सञ्जालले घृणा फैल्याउने काम गर्ने भएकाले त्यसको भर नपरी घरघरमा गएर प्रचार अभियानमा जुट्न सिंगो पार्टी पंक्तिलाई आह्वान गरेका हुन् ।

सभापति थापाले मुलुक एक्लै नबन्ने भएकाले आफूले सबै दललाई सँगै लिएर अघि बढ्ने बाटो तय गरेको समेत बताए।

आफूले प्रधानमन्त्री हुने मौका पाए सबै दलहरुलाई साथ लिएर अघि बढ्ने सभापति थापाको भनाई थियो । देश एक्लै नबन्ने उल्लेख गर्दै उनले एमाले, रास्वपालगायतका सबै दलसँग सहकार्य गरेर अघि बढ्नु नै मुलुकको हितमा हुने समेत उल्लेख गरे ।

प्रकाशित मिति : फाल्गुन १५, २०८२ शुक्रबार  ७ : ३७ बजे