आगामी ५ वर्ष मुलुकको सुशासन र विकासका लागि सदुपयोग गर्ने प्रतिज्ञा गरेका छौं : गगन थापा



काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आफ्नो सरकारको नेतृत्व पाए आगामी ५ वर्ष मुलुकको सुशासन र विकासका लागि सदुपयोग गर्ने बताएका छन् ।

आईतवार काठमाडौंमा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उनले आगामी ५ वर्षको अवधि मुलुकलाई विकास र सुशासनमा परिणाम दिने गरी हरेक क्षणको सदुपयोग गर्ने प्रतिज्ञासहित अघि बढेको दाबि गरे ।

सभापति थापाले विगत केही समय यता सबै दलहरु सरकार बनाउने र टिकाउने धन्दामा लागेकाले अब परिणाम आउने गरी काम गर्नुपर्ने बेला आएको बताए ।

उनले मुलुक जटिल परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै यस्तो अवस्थामा घृणा र उत्तेजनाको भाषाले समस्या समाधान नहुने धारणा राखे । ‘यति ठूलो अप्ठ्यारोमा परेको यो देशलाई सम्हाल्नका निम्ति केवल घृणाको भाषाले हुँदैन, उत्तेजनाको भाषाले हुँदैन,’ उनले भने ।

सभापति थापाले सुशासनका लागि कांग्रेसको स्पष्ट प्रस्ताव रहेको उल्लेख गर्दै सरकार बनेको पहिलो हप्तामै शक्तिशाली सम्पत्ति छानबिन आयोग बनाउने घोषणा गरे। उनले यो छानबिनको सुरूवात आफ्नै पार्टीका पूर्वसभापति र आफैबाट हुने पनि बताए।

प्रकाशित मिति : फाल्गुन १७, २०८२ आईतबार  ७ : १८ बजे