चुनाव हुँदैन भनेर अफवाह फैलाएको आरोपमा ज्योतिषी पक्राउ



काठमाडौं। आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचन तोकिएकै मितिमा नहुने भविष्यवाणी ज्योतिष पक्राउ परेका छन्।

काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार निर्वाचन आचारसंहितासमेत लागू भइसकेको समयमा चुनाव नहुने भन्दै भविष्यवाणी गरेर निर्वाचन बिथोल्न खोजेको आरोपमा जोतिष रुद्रनाथ अधिकारीलाई हिजो पक्राउ गरिएको हो।

एसपी पवनकुमार भट्टराईका अनुसार, अधिकारीले फागुन २१ मा चुनाव हुँदैन भनेर सामाजिक सञ्जालमा भिडियो सन्देश सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति : फाल्गुन १९, २०८२ मंगलबार  २ : ४७ बजे