काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट प्रतिनिधि सभा उम्मेदवार बनेका किशोरी साह कमलको उम्म्देवारी खारेज गरिएको छ ।
धनुषा १ मा रास्वपाका उम्मेदवार रहेका किशोरी शाहको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको हो ।
उनीमाथि बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको आरोप लागेको थियो । आरोपको प्रमाण पुगेपछि उनको उम्मेदवारी खारेज भएको आयोग स्रोतले जनाएको छ ।














