सवारी पासका लागि उम्मेदवारका प्रतिनिधिहरु निर्वाचन आयोगमा (तस्बिरहरु)



काठमाडौं । भोली (बिहीबार) हुने निर्वाचनलाई लक्षित गर्दै सवारी आवतजावतका लागि पास लिन उम्मेदवारका प्रतिनिधिहरु आज निर्वाचन आयोग पुगेका छन् ।

निर्वाचन अवधिभर आवतजावतका लागि आवश्यक सवारी पास उपलब्ध गराउन आयोगले व्यवस्था गरेसँगै विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारका प्रतिनिधिहरु आयोग परिसरमा पुगेका हुन् ।

आयोगले तोकेको मापदण्ड र आवश्यक कागजातका आधारमा सवारी पास वितरण कार्य भइरहेको जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन २०, २०८२ बुधबार  २ : ४९ बजे