झापा–५ मा ४ बजेसम्म ९९ हजार ८१९ मत खस्यो



काठमाडौं । झापा–५ मा अपराह्न ४ बजेसम्म ९९ हजार ८१९ मत खसेको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल खसेको मतमध्ये ५३ हजार ६५६ महिला र ४६ हजार १६३ पुरुष मतदाता रहेका छन् ।

मतदान बिहानैदेखि उत्साहजनक रूपमा भइरहेको र अधिकांश मतदान केन्द्रमा मतदाताको उपस्थिति राम्रो देखिएको जनाइएको छ ।

मतदान साँझसम्म जारी रहने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन २१, २०८२ बिहीबार  ४ : ५५ बजे