चितवन–१ मा एमालेको अग्रता, रास्वपा तेस्रो



काठमाडौं । चितवन क्षेत्र नम्बर १ मा एमालेले अग्रता लिएको छ ।

एमाले उम्मेदवार दावा दोर्जे लामाले ३९६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बुर्लाकोटीले १९६ मत प्राप्त गरेका छन् ।

रास्वपा उम्मेदवार हरि ढकाल तेस्रो स्थानमा छन् ।

ढकालले ७१ मत पाएका छन् भने नेकपाका कृष्णराज पन्तले ६२ मत पाएका छन् ।

प्रकाशित मिति : फाल्गुन २२, २०८२ शुक्रबार  १० : ४८ बजे