काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाहीमा प्रतिनिधिसभा निर्वाचनको क्रममा आफूले देखेका समस्या समाधान गर्न निरन्तर पहल गरिरहने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा सभापति थापाले आफ्नो क्षमताले भ्याएसम्म समस्याको सम्बोधन गर्न पहल गरिरहने बताएका हुन् ।
‘सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएकोमा डा. अमरेश सिंहलाई हार्दिक बधाई तथा शुभकामना,’ सभापति थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
‘यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न, मेरो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहनेछु,।’ ‘मलाई माया, विश्वास र मत दिनुहुने यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु,’ उनले भनेका छन् ।














