काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भोलि भारत जाने भएका छन्।
भारतको नयाँ दिल्लीमा हुने एक कार्यक्रममा भाग लिन भट्टराई बुधबार भारत जान लागेका हुन्।
नयाँदिल्लीमा हुने ‘एनएक्सटी २०२६’ ग्लोबल समिटमा सहभागी हुन उनी भारत जान लागेको उनको सचिवालयले जनाएको छ ।














