रवि लामिछानेको सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा फिर्तासम्बन्धी रिटमा सुनुवाई हुँदै



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने महान्यायाधीवक्ताको निर्णयविरुद्धको रिटमा सुनुवाई हुँदैछ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासमा पेसी तोकिएको छ।

पेसीसूचीको पहिलो नम्बरमा यो मुद्दा रहेकोमा पेसी स्थगित वा हेर्न नमिल्ने नभएमा आजै यसमा आदेश आउने सम्भावना रहेको छ।

पुस ३० गते महान्यायाधिवक्ता सबिता भण्डारीले रविमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिन स्वीकृति दिएकी थिइन्।

प्रकाशित मिति : फाल्गुन २७, २०८२ बुधबार  ११ : ४९ बजे