निर्वाचन प्रहरीको बिदाई (तस्बिरहरु)



काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरीको आज बिदाई गरिएको छ ।

आज निर्वाचन प्रहरीलाई धन्यवाद ज्ञापनसहित प्रमाणपत्र र देशलाई आवश्यक परेको समयमा सहयोग गर्ने वाचासहित सम्मान गरि बिदाई गरिएको छ ।

यस वर्ष नेपाल प्रहरी मातहत रहनेगरी १ लाख ३३ हजार ९८० र सशस्त्र प्रहरी मातहत खटिने गरी १५ हजार ११० सहित १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी परिचालन गरिएको थियो ।

प्रकाशित मिति : फाल्गुन २८, २०८२ बिहीबार  १२ : ३१ बजे