fकाठमाडौं, २८ फागुन । सर्वोच्च अदालतले किशोरी साह कमलको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । साहले आफूलाई कालो सूचीमा राखेको विषयमा अदालतमा रिट दायर गरेकोमा आज सर्वोच्च अदालतकी न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले आज साहको पक्षमा अन्तरिम आदेश दिएको हो ।
सर्वोच्चले बिहीबार (फागुन २८) गते अन्तरिम आदेश दिएको हो ।
कर्जा सूचना केन्द्रले कालोसूचीमा नाम राखेका कारण साहको उम्मेदवारी खारेज भएको थियो । त्यसपछि साहले सर्वोच्च अदालतका रिट दिएका थिए । सर्वोच्चका न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले कालोसूचीबाट नाम हटाउन अन्तरिम आदेश जारी गरेको हो ।
निर्वाचनको मुखमा निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गरेको थियो । सो क्षेत्रमा उनको उम्मेदवारी खारेज भएपछि नेकपाका मातृका यादवलाई निर्वाचित भएको घोषणा गरिनुको साथै प्रमाणपत्र प्रदान गरिएको थियो ।














