रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिट न्यायाधीश सुवेदी र पोखरेलको इजलासमा



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ताविरुद्धको रिट सुनुवाइका लागि आज पेसी तोकिएको छ ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा यसको सुनुवाई हुने भनेर पेसी तोकिएको हो ।

लामिछानेको सहकारीसम्बन्धी मुद्दा र सम्पत्ति शुद्धीकरणको कसुर संशोधन गरी फिर्ता लिन महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध रिटमाथि फागुन २७ गते न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले आजका लागि पेसी तोकेको थियो ।

प्रकाशित मिति : चैत्र १, २०८२ आईतबार  १२ : २२ बजे